Tune to BFM 91.2|Biratnagar

झापामा थप तीनजनाको मृत्यु

विराटनगर १६ कात्तिक । कोरोना भाइरस संक्रमणबाट आज बिहान झापामा थप तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक-एकजना पुरुष रहेका छन् ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक-७ का अन्दाजी ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।यस्तै कमल गाउँपालिका-५ मंगलबारेका ७२ वर्षीय एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ ।

मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा संक्रमण पुष्टि भएको थियो । केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए ।त्यस्तै, गौरादह-४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गएराति घरैमा मृत्यु भएको छ ।

कात्तिक १३ गते संक्रमण पुष्टि भएका उनी घरैमा उपचाररत थिए । हिजो पनि झापामा तीनजनाको मृत्यु भएको थियो । योसँगै झापा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button