Tune to BFM 91.2|Biratnagar

झापामा पहिलोपटक रोटा भाइरस विरुद्धको खोप लगाइँदै

विराटनगर, ४ चैत । झापामा यसै वर्ष झण्डै २० हजार बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

सरकारले नियमित राष्ट्रिय खोप कार्यक्रममा रोटा भाइरसविरुद्धको खोपलाई पनि समावेश गरेपछि जिल्लामा नियमित खोप लिइरहेको १ हजार ९ सय ५० बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

झाडा–पखालाबाट हुने बाल मृत्युदर घटाउने उद्देश्यले सरकारले राष्ट्रिय खोप कार्यक्रममा रोटा भाइरसविरुद्धको खोपलाई पनि समावेश गरिएको बताइन्छ । रोटा भाइरसको कारणबाट मानिसमा झाडापखालाको समस्या देखिन्छ ।

झापामा पहिलोपटक रोटा भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपछि स्वास्थ्य कार्यालय झापाले जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविकालाई यस रोग र खोप लगाउने विधिहरुका बारे प्रशिक्षित गरेको स्वास्थ्य कार्यालयको रोटा भारइरस कार्यक्रमका सहजकर्ता बालकृष्ण भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button