Tune to BFM 91.2|Biratnagar

झापा, मोरङ, सुनसरीमा आजसम्म ९१ दशमलव ५५ प्रतिशत रोपाइँ सपन्न

विराटनगर, ११ साउन । झापा, मोरङ, सुनसरीमा आजसम्म ९१ दशमलव ५५ प्रतिशत रोपाइँ भएको छ ।

प्रदेश–१ मा साउन ११ सम्म ८८.९३ प्रतिशत रोपाइँ भएकोमा झापा, मोरङ, सुनसरीमा सबभन्दा बढी ९१.५५ प्रतिशत रोपाइँ भएको प्रदेश–१ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

झापाको ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान लगाइने गरेकामा हालसम्म ८२ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । प्रतिशतमा हेर्दा यो कुल भूभागको ९४ प्रतिशत हो ।

यसैगरी मोरङको धान लगाइने गरेको ८३ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ७४ हजार ९ सय ७० क्षेत्रफलमा रोपाइँ भएको तथा सुनसरीको ५५ हजारमध्ये ४९ हजार ५ सय क्षेत्रफलमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।

दुई जिल्लाको रोपाइँ प्रतिशतमा ९० प्रतिशत हो । यसैगरी इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, उदयपुर र खोटाङसहितका मध्यपहाडका ८ जिल्लाहरुमा ८२ दशमलव ८२ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै उच्च पहाडको तीन जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा हालसम्म ८७.४५ प्रतिशत रोपाइँ भएको मन्त्रालयको पछिल्लो तथ्यांकमा उल्लेख छ । प्रदेश–१ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

धानखेती हुने उक्त क्षेत्रफलमध्ये हालसम्म ३ लाख ३ हजार ९८ दशमलव ६२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button