झापा ११ ले चुम्यो फाल्गुनन्द गोल्डकपको उपाधी

0
103

पाँचथर, ३० पुस । पाँचथरको फिदिममा आज सम्पन्न फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधी झापा ११ ले जितेको छ । त्रिभुवन आर्मी क्लवलाई २–१ गोल अन्तरले हराँउदै झापा ११ फाल्गुनन्द गोल्डकपको उपाधी रक्षा गर्न सफल भएको हो । झापाका तर्फबाट पुजन उभरकोटीले मात्रै २ गोल गर्दै नायक सावित भए । उनले खेल शुरु भएको २३ औं र ८३ औं मिनेटमा गोल गरेका थिए । आर्मीका तर्फवाट भने राजिव गुरुङले सान्तवना गोल गरेका थिए । झापा ११ ले उपाधीसँगै नगद ४ लाख र आर्मीले नगद २ लाख सहित ट्रफि प्राप्त गरेको छ । प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here