झापा ११ सेमिफाइनलमा

0
51

विराटनगर, २० फागुन । आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफानलमा हङकङ नेप्लिज एकेडेमीलाई एक–शून्य गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ४१ औँ मिनेटमा झापाका क्याप्टेन कर्ण लिम्बूले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । आजको खेलको म्यान अफ् द म्याच झापाका खेलाडि निसान खड्का घोषित भए । उनले नगद १५ हजार हात पारे । भोलीको खेलमा नेपाल आर्मी र सशस्त्र प्रहरीबीच प्रतिस्पर्धा हुनेछ । २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद प्राप्त गर्नेछन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here