Tune to BFM 91.2|Biratnagar

झी पुचः विराटनगरले यस वर्ष साँस्कृतिक कार्यक्रम नगर्ने

विराटनगर, ११ साउन । झी पुचः विराटनगरले प्रत्येक वर्ष निकाल्दै आएको सामुहिक गाईजात्रा तथा अन्य विभिन्न साँस्कृतिक कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट बच्न यस वर्षको सामुहिक गाईजात्रा, लाखे नाच र अन्य कार्यक्रम पनि नगर्ने निर्णय गरिएको झी पुचः विराटनगरका वरिष्ठ उपाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

झी पुचः विराटनगरले हरेक साल भदौ कृष्ण प्रतिपदाका दिन असामयिक निधन भएको परिवारजनहरुको घरबाट झाँकीसहितको विराटनगरमा बृहत गाईजात्रा निकाल्दै आएको थियो ।

आगामी साउन १९ गते श्रावण शुक्ल पूर्णिमाको दिन ‘लाखे ख्वापा पूजा’ झी पुचः विराटनगरको प्राङ्गणमा गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button