झोराहाटमा मालिनी

0
103

विराटनगर, २१ मंसिर । मोरङको झोराहाट नाटकघरमा मञ्चन भइरहेको मालिनी नाटक हेर्न दर्शकको चाप बढ्दै गएको छ । साहित्यकार रविन्द्रनाथ टेगोरको चर्चित नाटक हो मालिनी । नेचुरल्ली दीपकले नेपालीमा अनुवाद गरेको मालिनी मंसिर १४ गतेदेखि मञ्चन भइरहेको छ । नाटकको हालसम्म १६ वटा शो सम्पन्न भइसकेको छ । युवाकलाकार सुदीपजंग कार्कीले निर्देशन गरेको नाटकको मुख्य भूमिकामा भरत गुरागाईं देखिन्छन् । गुरागाईं झोराहाट नाट्य समूहका अध्यक्ष पनि हुन् । गुरागाईंसहित अनु श्रेष्ठ, निराशा ढुंगेल, प्रज्वल काफ्ले, सुरज माझी, प्रदीप सरदार, दीक्षा चौधरी, शिवलाल सरकार, अजय सुवेदी, विजय थारु, दीपक निरौला, विवेक मिश्र, चन्दन माझी, प्रवेश तिम्सिना र नुना कट्टेलले अभिनय गरेका छन् । समाजसेवी भक्तकिरण राईसँगको सहकार्यमा निर्माण भएको मालिनी हेर्न विशेष गरी विद्यालय र कलेजका विद्यार्थीहरुको भीड लाग्ने गरेको छ । यसअघि पनि झोराहाटमा विभिन्न नाटक मञ्चन भइसकेका छन् । नाटक मञ्चनको प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here