टर्कीमा पूर्वनिर्धारित समयभन्दा अघि नै संसदीय चुनाव हुने

0
132

काठमाडौ, ६ बैशाख । टर्कीमा पूर्वनिर्धारित समयभन्दा अघि नै संसदीय निर्वाचन हुने भएको छ । टर्कीमा आगामी २४ जुनमा निर्वाचन हुन लागेको हो । यसअघि यो चुनाव सन् २०१९ मा गर्ने तय भएको थियो ।तर राष्ट्रपति रेचेप तेयप अर्दाेआनले अचानक नयाँ चुनावको मिति घोषणा गरेका हुन् । अर्दाेआनले सन् २००२ देखि टर्कीको सत्ता सम्हाल्दै आएका छन् । टर्कीको राष्ट्रपतिलाई नयाँ शक्ति प्रदान गर्ने कि नगर्ने भन्ने विषयमा गत वर्ष जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा नयाँ शक्ति प्रदान गर्ने पक्षमा मत आएको थियो ।पूर्वनिर्धारित मितिभन्दा अगाडि नै निर्वाचन गराउनुपर्नाको कारणबारे राष्ट्रपति अर्दाेआनले भने ‘देशको पुरानो व्यवस्थाको रोगलाई निदान गर्नका लागि’ नयाँ चुनाव जरुरी छ । थप स्पष्ट पार्दै उनले भने, ‘सिरिया र विश्वका अन्य घटनाक्रमको कारण नयाँ कार्यकारी प्रणाली लागू गर्न जरुरी भइसकेको छ ताकि हामी आफ्नो देशको हितमा अझै मजबुतीका साथ निर्णय लिन सकौं ।’ राष्ट्रवादी एमएचपी पार्टीका अध्यक्ष देवलेत बाशेलीसँग छलफल गरेपछि अर्दाेआनले अचानक चुनाव गराउने निर्णय लिएको बीबीसीले लेखेको छ । एमएचपी र सत्ताधारी एके पार्टीबीच संसदीय चुनावमा गठबन्धनसमेत हुने चर्चा छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here