Tune to BFM 91.2|Biratnagar

टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर, १० वैशाख । मोरङको सुन्दरहरैँचा नगरपालिका- १० मा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो खोर्साने चोकबाट केराबारीतर्फ जाँदै गरेको मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका-१० का २६ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार बेलबारी-११ का रुपेश अधिकारी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार को १ ख ६५४७ नम्बरको टिपरको ठक्करबाट स ३ प ६३०३ नम्बरको मोटरसाइकल चालक चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button