Tune to BFM 91.2|Biratnagar

टेन्ट टाँग्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १४ साउन । मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित बाँसबारी चौकमा टेन्ट टाँग्ने क्रममा करेन्ट लागेर आज बिहान ३२ वर्षीय गोपाल कामतको मृत्यु भएको छ ।

काम गर्ने क्रममा हाइटेन्सन लाइन छुन पुगेपछि विराटनगर महानगरपालिका–११ घर भएका कामतलाई करेन्ट लागेको मोरङ प्रहरीका डीएसपी लोकदर्शन थापाले बताउनु भयो ।

प्रहरीकाअनुसार स्थानीय शंकरप्रसाद गुप्ताको मिठाई पसलको घाम छेल्न टेन्ट टाँग्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । घाइते कामतलाई उपचारका लागि लगिए पनि विराट टिचिङ अस्पतालका चिकित्सकले साडे ११ बजे मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button