टेवुल टेनिसका १० खेलाडी छनौट

0
142

विराटनगर, १३ फागुन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं. १ बाट टेबुल टेनिस तर्फ १० जना खेलाडी छनौट भएका छन् । झापाको काकडभिट्टामा सम्पन्न छनौट प्रतियोगितामा महिला ५ र पुरुष ५ जना खेलाडी छनौटमा परेका हुन । छनौट हुनेमा पुरुष तर्फ बोधित डिसी (मोरङ), प्रतीक थापा (सुनसरी), अनमोल विक (सुनसरी), महावीर चौधरी (सुनसरी) र सन्तोष काफ्ले (मोरङ) रहेका छन् । यसैगरि महिलातर्फ गिता भुजेल (सुनसरी), एलिना राई (मोरङ), रुपा लिम्बू (सुनसरी), सोनाम ठाकुर (सुनसरी) र धनमाया राई (सोलुखुम्बु) छनौटमा परेको टेवुल टेनिस संघका केन्द्रिय सदस्य अनुज बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष तर्फ बोधित डिसी र महिला तर्फ गिता भुजेलले स्वर्ण पदक हात पारेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here