टेष्टि टेष्टि क्वीजले व्यापकता पाउँदै, २३ बर्षदेखि एकै स्थानमा

0
290

विराटनगर, २२ मंसिर । एकै आयोजक, एकै प्रायोजक र एकै स्थानमा खेलाईने विराटनगरको एक मात्र प्रयोगिताको २३ औं संस्करण सम्पन्न भएको छ ।

हरेक बर्ष विराटनगर जुनियर जेसिजले कावरा ग्रुपको क्वालिटी विस्कुटको प्रायोजनमा वीरेन्द्र सभागृहमा हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको छ । सन् १९९५ देखि शुरु भएको प्रतियोगिताको आकर्षण हरेक बर्ष बढ्दो छ ।

विराटनगर जुनियर जेसिज स्थापनकालको समयमा यूवा र विद्यार्थीका लागि केही गर्नु पर्छ भनेर शुरु गरिएको प्रतियोगिताले व्यापकता पाउँदै गएको संस्थापक अध्यक्ष डा.सेन्दशदास श्रेष्ठले बताउनुभयो ।

शुरुवातका दिनमा प्रायोजक नपाएर हैरानी भएका तत्कालिन जुनियर जेसिजको टिमलाई कावरा ग्रुपद्धारा उत्पादित टेष्टि टेष्टि विस्कुटले पूर्ण प्रायोजन गरिदिने भन्दा प्रतियोगिता गर्न सकिन्छ की सकिन्दैन भनेर सोच्न बाध्य बनाएको संस्थापक अध्यक्ष श्रेष्ठले स्मरण गर्नुभयो । प्रयोजकले वीरेन्द्र सभागृहमा गर्नुपर्ने शर्तका कारण धेरै सोच्न बाध्य भयौै ।

उहाँले भन्नुभयो, ‘ व्यानरको प्रस्ताव लिएर गएको पूर्ण प्रायोजनले हामीलाई हौसला दियो ।’ प्रतियोगिताले विद्यार्थीको बौद्धिकतालाई निखारपन दिनुका साथै भविस्यको अध्ययनमा समेत टेवा पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विराटनगर जुनियर जेसिजका बर्ष २०१८ का अध्यक्ष मिलाप जोश्वा कर्णले बताउनुभयो ।

२३ औं संस्करण सम्म आईपुग्दा विद्यालयको सहभागिता पनि बढ्दै गएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा सुनसरी र मोरङका ३६ विद्यालय सहभागि भएका थिए ।

उनीहरुलाई ६ समूहमा विभाजन गरि प्रतियोगिता गराईएको थियो । प्रतियोगिताको बढ्दो आकर्षणका कारण नै हरेक बर्ष साथ रहँदै आएको कावरा ग्रुपका ब्राण्ड मार्केटिङ विभागका सोरेजराज वन्तले बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रतियोगिताको आकर्षण बढ्दै गएकाले साथ निरन्तर रहने छ ।’ विद्यार्थीको आन्तरिक बौद्धिक क्षमताको बृद्धि हुने हुँदा पनि विद्यालयहरुले हरेक बर्ष प्रतियोगितामा सहभागिता जनाउदै आएका छन ।

प्रतियोगिताले आन्तरिक क्षमतालाई निरन्तर बढाईराख्ने वीकेभीएम विराटनगरका शिक्षक वेदराज बरालले बताउनुभयो ।

हाजिरी जवाफको लामो इतिहास बनाएको र नियमित हुने भएकाले पनि प्रतियोेगितामा विद्यार्थीको आकर्षण बढ्दो छ । प्रतियोगिता शुरु भएदेखि समापन सम्म आईपुग्दा आयोजना स्थल वीरेन्द्र सभागृहका कुनैपनि कुर्सी खालि भएनन ।

प्रतियोगिताले विद्यार्थीलाई उर्जा दिने गरेको कार्यक्रममा सहभागि एभरेष्ट स्कुल विराटनगरकी विद्यार्थी स्नेहा खरेलको भनाई छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here