Tune to BFM 91.2|Biratnagar

ट्याक्टरले च्यापेर चालकको मृत्यु

विराटनगर, ३१ वैशाख । मोरङको ग्रामथानमा ट््याक्टरले च्यापेर आज बिहान चालकको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलाबाट बालुवा लोड गरेर ल्याउँदै गरेको को १ त ४९०२ नम्बरको ट्याक्टरले च्यापेर चालक मोरङको कटहरी गाउँपालिका–७ का ३५ वर्षीय दिलकुमार मुडियारीको मृत्यु भएको हो ।

उकालो कच्ची सडकमा लोड धेरै भएकाले ट्याक्टरले तान्ननसक्दा अगाडिको भाग उठेर चालकलाई च्यापेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो । उहाँका अनुसार ट्याक्टरको अगाडिको भागको इन्जिन उठेर च्याप्दा बिहानका राति १२ः३० बजेतिर चालक मुडियारी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी राईले दिनु भयो ।

मृतक चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button