Tune to BFM 91.2|Biratnagar

ट्रयाक्टरसहित खाद्य मल नियन्त्रणमा

विराटनगर, २१ असार । मोरङको जहदा गाउँपालिका–५ लक्ष्मीनियाबाट प्रहरीले भारतदेखि तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा हिजो साँझ युरिया मल बरामद गरेको छ ।

को २ त ५८७५ नम्बरको ट्याक्टरमा राखेर भन्सार छली गरी अवैध रुपमा ल्याउँदै गरेको ३६ बोरा मल बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले ट्याक्टरका चालक धनपालथान गाउँपालिका–३ का ३३ वर्षीय सुरेन्द्रकुमार सिंहलाई पनि पक्राउ गरिएको बताउनु भयो ।

बरामद भएको मल, ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button