Tune to BFM 91.2|Biratnagar

ट्राफिकलाई स्वास्थ्य सामाग्री वितरण

विराटनगर, १७ चैत । विराटनगरका एकजना युवा उद्यमीले मोरङ ट्राफिकलाई कोरोनाको संक्रमणबाट बच्न आवश्यक सामग्री गर्नु भएको छ । विराटनगर निवासी युवा उद्यमी मोहम्मद नसरुलले ट्राफिक प्रहरीलाई ती सामग्री प्रदान गर्नु भएको छ ।

सामग्रीसहित आज जिल्ला ट्राफिक प्रहरी कार्यालय पुग्नुभएका उद्यमी नसरुलले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राकेश पोद्धारलाई ती सामग्री हस्तान्तरण गर्नुभयो । उद्यमी नसरुलले ट्राफिक प्रहरीलाई युज एण्ड थ्रो माक्स ३ सय थान, ग्लोब्स २ प्याकेट र ५०० एम एलको सेनिटाइजर एक सिसी प्रदान गर्नुभयो ।

पछिल्लो समय संक्रमण फैलिन सक्ने अवस्थामा समेत ट्राफिक प्रहरी जोखिमपूर्णरुपमा खटिरहेकाले थोरै भए पनि राहतस्वरुप सामग्री उपलब्ध गराइएको नसरुलले बताउनुभयो । सो विषयमा प्रतिक्रिया दिनुहुँदै मोरङका ट्राफिक इन्चार्ज पोद्धारले सरकारले आव्हान गरेको लकडाउन सफल बनाउन ट्राफिक प्रहरी दिनरात नभनी खटिरहेको बताउनुभयो ।

उहाँले उपलब्ध गराइएका सामग्रीले कार्यसम्पादनमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । मोरङमा हाल ८६ जना र विराटनगर महानगरपालिकामा ३० जना ट्राफिक प्रहरीहरु कार्यरत रहेको पोद्धारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button