ट्राफिक नियम उल्लंघनगर्ने २६ जना मोरंग प्रहरीको नियन्त्रणमा
विराटनगर, २७ फागुन । ट्राफिक नियम उल्लंघन गरि सवारी चलाउने २ दर्जन बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । होली पर्वका दिन आज सवारी नियम उलंघन गरी सवारी चलाउने २६ जनालाई मोरंग प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका विभिन्न प्रहरी कार्यालयहरूले गरेको ट्राफिक समेतको चेकजाँचको क्रममा सवारी नियम उलंघन गरी सवारी चलाउने व्यक्ति, झैझगडा गर्ने व्यक्ति तथा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको प्रहरी प्रवक्ता डिएसपी मानवहादुर राईले बताउनुभयो ।
उहाँका अनुसार ३ सय ४१ सवारी साधन र २६ मानिसहरू नियन्त्रण लिईएको छ । विराटनगर महानगरपालिका भित्र ६१ वटा सवारी साधन र १८ जना व्यक्तिलाई नियन्त्रणमा लिईएको प्रवक्ता राईले बताउनुभयो ।
विराटनगर बाहिरका ईकाईबाट २ सय ८० वटा सवारी र ८ जना मानिस नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो । नियन्त्रणमा लिईएका मानिसहरुमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।