ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

0
75

विराटनगर, १७ मंसिर । मोरङको उर्लाबारीमा आज विहान ट्रिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । उर्लाबारी ५ झुम्राहामा उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको ट्रिपरले ठक्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो । ठक्कर दिने ट्रिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको जनाएको छ । यसैवीच धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका ६ मुंगालीगाउँका ५२ वर्षीय लाल बहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको हो । गत आइतबार रातीघरबाट हिडेका कार्की घर नआएपछि आफन्तहरुले खोजी गर्ने क्रममा उनको शव भेटिएको हो । घटनाका विषयमा प्रहरी चौकी लेगुवा र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here