Tune to BFM 91.2|Biratnagar

ठगी र चोरी मुद्दाका फरार प्रतिबादी पक्राउ

विराटनगर, १७ मंसिर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ठगी र चोरी मुद्दाका तिन जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठगी मुद्दाका विराटनगर–६ का ५३ बर्षीय सकिल खान रहेका छन भने चोरीमुद्धा लागेका विराटनगर–१ का ३० बर्षीय लाले राय सहनी र सोही स्थानका ४८ बर्षीय दिपेश राय सहनी रहेका छन ।

उनिहरु २०७३ साल असार २४ गते बाट फरार रहेका थिए । पक्राउ परेका उनिहरुलाइ जिल्ला अदालत मोरङमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैबिच सवारी ज्यान मुद्दा लागेका फरार प्रतिबादी १५ बर्ष पछि पक्राउ परेका छन । सवारी ज्यान मुद्दा लागेका मोरङको ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

२०६२ साल मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्बरको बस सुनसरी मधेशा–४ राजमार्गमा दुर्घटना हुदा बसमा सवार रहेकी छात्रा १८ बर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो । बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ हिजो पक्राउ गरी कानुनी कारबाही अगाडी बढाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button