डाक्टर केसीलाई शिक्षण अस्पताल काठमाण्डौँ मा भर्ना गरियो

0
60

काठमाण्डौ ४ माघ । १६ औं पटक अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाण्डौँ मा भर्ना गरिएको छ ।स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन आज बिहान ३ बजेतिर उहाँलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो ।मुटुको चाल अस्थिर भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने डाक्टरको चेतावनीपछि उहाँलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र भद्रपुरबाट नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाण्डौ लगिएको उहाँका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी दिनुभयो ।१० दिनदेखि अनसनमा रहेका डाक्टर केसीको अवस्था बुझ्न र समर्थन गर्न हिजो पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेम ालगायत इलाम पुग्नुभएको थियो ।उहाँहरुकै अनुरोधमा डाक्टर केसीलाई काठमाण्डौ जान मनाइएको र नेपाली सेनाको हेलिकप्टर मगाएर काठमाण्डौ ल्याइएको डाक्टर सिंहले जानकारी दिनुभयो । सुरुमा केसी काठमाण्डौ जान तयार नभए पनि प्राध्यापक माथेमाको आग्रहपछि जान तयार हुनुभएको उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here