Tune to BFM 91.2|Biratnagar

डाक्टर लेखेको ज्याकेट वितरण

विराटनगर, २१ वैशाख । नेपाल चिकित्सक संघ, कोशी शाखाले आज बिभिन्न अस्पलालका चिकित्सकहरु लाई परिचय झल्किने डाक्टर लेखेको ज्याकेट वितरण गरेको छ ।

नेपाल चिकित्सक संघ र नेपाल औषधि उत्पादक संघ (एपोन)ले संयुत्तरुपमा कोरोना बिरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका चिकित्सकहरुलाई उनीहरुको पहिचान झल्किने ज्याकेट तयार गरि उपलव्ध गराएको हो ।

नेपाल चिकित्सक संघ, कोशी शाखाले आज विराटनगरका अस्पतालहरुमा कार्यरत करिब ३०० चिकित्सकहरु लाई सो ज्याकेट वितरण गरेको हो ।

नेपाल चिकित्सक, कोशी शाखाका अध्यक्ष डा. फरवार्ड सिलवाल, नेपाल चिकित्सक संघका डा. आलोक भण्डारी र नेपाल चिकित्सक संघ जुनियर डाक्टर कमिटिका सदस्य डा. हिमलाल भण्डारिले विराटनगरमा रहेका बिभिन्न अस्पतालमा पुगेर सो ज्याकेट चिकित्सकहरु लाई प्रदान गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button