डा. अग्रवालको अन्त्येष्टी, विराटनगर शोकमा

0
206

विराटनगर, ८ जेठ । मस्तिष्कघातका कारण निधन भएका पूर्वकै लोकप्रिय बाल रोग विशेषज्ञ डा. विमल अग्रवालको विराटनगर–८ स्थित विश्रान्ती घाटमा आज दिउँसो अन्त्येष्टी गरिएको छ । दाहसंस्कारमा जनलहर उर्लियो । बरिष्ठ डाक्टरहरु, विराटनगर महानगरका मेयर, राजनैतिक दलका नेता, शैक्षिक क्षेत्रका व्यक्तित्व, आफन्त र शुभचिन्तकको बाक्लो उपस्थिति थियो । त्यस अघि उहाँको शवलाई श्रद्धाञ्जलीका लागि विराटनगर–९ स्थित घरमा राखिएको थियो । डा. अग्रवालको निधनमा विराटनगर स्तब्ध बनेको छ । परिवारका सदस्य, आफन्त, स्वास्थ्यकर्मी, चिकित्सक र शुभचिन्तक शोकमा डुबेका छन् । डा. अग्रवालको निधनसँगै विराटनगरको कोसी अस्पतालले तीन साताको अवधिमा दुई विशेषज्ञ चिकित्सक गुमाएको छ । यस अघि गत वैशाख १८ गते कोसी अस्पतालकै बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. मुकुन्द दाहालको निधन भएको थियो । त्यसको तीन सातामै अस्पतालले बरिष्ठ बाल रोग विशेषज्ञ डा. अग्रवाललाई पनि गुमाएको हो । मस्तिष्कघात भएपछि वैशाख २४ गतेदेखि नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर अग्रवालको उपचार सुरु गरिएको थियो । उपचारमा संलग्न बरिष्ठ मुटु रोग विशेषज्ञ एवं नोबेलका निर्देशक डा. राजेश नेपालले धेरै प्रयास गर्दा पनि अग्रवाललाई बचाउन नसकिएको जानकारी दिनु भयो । नोबेल अस्पतालले गएराति १० वजेर ५८ मिनेटमा डा. अग्रवालको निधन भएको जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here