डा. केसीको स्वास्थ्य थप जटिल बन्दै

0
189

इलाम, १ माघ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै इलाममा आमरण अनसनरत डा गोविन्द केसीको स्वास्थ्य थप जटिल बन्दै गएको छ । डा केसीको मुटुको चाल अनियमित भएको र शरीरमा अक्सिजनको मात्रा समेत घटेको उपचारमा संलग्न चिकित्सक विजेन्द्रकुमार साहले जानकारी दिनुभयो । डा. केसीको दायाँ फोक्सोमा संक्रमण देखिएको र निमोनिया सुरु भएको, घाँटीमा समस्या देखिएको, सुगरको मात्रा कम भएको, रिंगटा लाग्ने, पेट फूल्ने, दुख्ने जस्ता समस्या देखा परेको डा. शाहले बताउनुभयो । डा. केसीलाई तत्काल आईसीयूमा लैजान चिकित्सकले सुझाव दिएका छन् । इलाम अस्पतालमा आईसीयूको व्यवस्था नभएकाले उहाँलाई सुविधासम्पन्न अस्पतालमा लैजान चिकित्सकले सुझाएका छन् । यद्यपि डा केसीले माग सम्बोधन नभएसम्म इलाम नछाड्ने अडान लिनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले केसीसँगको सम्झौताविपरीत शिक्षा तथा स्वास्थ्य समितिले विधेयक बहुमतले अनुमोदन गरेपछि डा केसी गत २५ गतेदेखि इलाममा अनशन बस्नु भएको हो । अनशनको सातौं दिन हुँदासम्म सरकारका तर्फबाट भने उहाँको माग सम्बोधनबारे कुनै पहल भएको छैन

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here