डा. केसीद्धारा १६ औं सत्याग्रह शुरू

0
115

इलाम २५ पुस ।चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले आज देखि १६ औं चरणको सत्याग्रह शुरू गर्नुभएको छ । सत्याग्रहकै लागि हिजो इलाम आइपुग्नु भएका डा. केसीले आज पत्रकार सम्मेलन गरि अहिले साँझ ५ बजेदेखि सत्याग्रह शुरू गर्नुभएको हो । चिकित्सा क्षेत्रको सुधारका विषयमा विगतमा सरकार सँग भएका सहमति र सम्झौता अनुसार सरकारले काम नगरेको भन्दै डा. केसीले पुनः सत्याग्रह शुरू गर्नुभएको हो । डा. केसीले पत्रकार सम्मेलन मार्फत १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकार सँग भएको सम्झौता अनुसार शक्षरस संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्नुपर्ने, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुँझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिवि पदाधिकारीलगायतका व्यक्तिलाई सिफारिस अनुसार वर्खास्ती गर्नुपर्ने, सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरि कार्वाही गर्नुपर्ने, द्धन्द्धकालका जधन्य तथा मानवता विरोधी अपराधका दोषीलार्य अन्तर्राष्ट्रिय कानून अनुसार दण्डि गर्नुपर्ने, नेपाल सरकारको निर्णयको उल्लंघन गरि काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कार्वाही गरिनु पर्ने लगायतका माग सरकार सँग राख्नु भएको छ । इलामको फुलगाच्छी स्थित पहिला शहरी विकास तथा भवन निर्माण डिभिजन रहेको व्यक्तिको घरमा डा. केसीले सत्याग्रह शुरू गर्नुभएको हो । सत्याग्रहका लागि सार्वजनिक र चिसोबाट जोगिन सक्ने स्थान नभेटिएकाले उक्त स्थानमा सत्याग्रह शुरू गर्नुपरेको डा. केसीको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here