डा.गोबिन्द केसीलाई उचालेर अनसन बस्न लगाएको आरोप

0
170

बिराटनगर ३ माघ ।नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का नेता योगेश भट्टराईले देशमा नयाँ द्धन्दको उद्योग चलाउन खोज्ने तत्वले डा.गोबिन्द केसीलाई उचालेर अनसन बस्न लगाएको आरोप लगाउनु भएको छ ।आज झापाको बिर्तामोडमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले डा.केसीको माग संसदबाटै संवोधन भइसकेको अवस्थामा अरुको इसारामा केसी अनसन बसेको बताउनु भएको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले नेपाल बाहिर विद्यार्थी बेच्न खुलेका काराखानाले डा. गोबिन्द केसीलाई उचालेर पटक पटक अनसन बसाउने गरेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकै पालामा स्वास्थ्य र शैक्षिक क्षेत्रमा अन्धाधुन्ध निजी लगानी भएकाले अहिले अस्तब्यस्त बनेको यो क्षेत्र सफा गर्ने अभियानमा आफूहरु रहेको बताउनुभयो । नेता भट्टराइले विधेयकको राम्रोसँग अध्ययन नै नगरी फेरी अनसनमा बसेर डा. केसीले चिकित्सा शिक्षा विधेयकको काँधमा बन्दुक राखेर अन्तै पड्काएर द्धन्द निम्त्याउन खोजेको बताउनुभयो । विधयेक पास भएपछि ५ बर्ष भित्रमा सबै प्रदेशमा सरकारी मेडिकल कलेज अनिवार्य खुल्ने उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here