डा.सुनिल शर्माद्धारा कालिकोटमा निःशुल्क एम्बुलेन्स प्रदान
विराटनगर ११ फागुन । नोवेल शिक्षण अस्पताल विराटनगरका सञ्चालक डा.सुनिल शर्माले कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा निःशुल्क एम्बुलेन्स प्रदान गर्नुभएको छ ।
शर्माले दुर्गमका बिरामीलाई सहजताका लागि पश्चिम नेपालको बिकट जिल्लामा पुगेर निःशुल्क एम्बुलेन्स प्रदान गर्नुभएको हो ।
कालिकोटमा आयोजित कार्यक्रममा स्थानीय पृथ्वी रक्तदान तथा वीर फाउण्डेशनलाई एम्बुलेन्स प्रदान गरिएको हो ।