Tune to BFM 91.2|Biratnagar

डिजिटल सिकाइ दिवस मनाइने

विराटनगर, १० फागुन । आगामी फागुन १३ गते डिजिटल सिकाइ दिवस मनाइने भएको छ । विभिन्न सचेतनामुलक कार्यक्रम गरी ‘डिजिटल शिक्षाको लागि सँगै’ भन्ने नाराका दिवस मनाइने भएको हो ।

सबै विद्यार्थीका लागि डिजिटल शिक्षा र पहुँचको वकालत गर्ने उद्देश्यले सन् २०१२ फेब्रअरी २५ देखि यो दिवस विश्वव्यापी रुपमा मनाउन थालिएको हो । नेपालका शिक्षण संस्थाहरुमा डिजिटल प्रविधि र ज्ञान सहितको अध्ययन–अध्यापनलाई बढोत्तरी गर्ने उद्देश्यले कार्यक्रमका संयोजक नेहा जोशीले जानकारी दिनुभयो ।

दुई वर्षअघिदेखि निमा एजुकेशन फाउन्डेसनको पहलमा डिजिटल सिकाइ दिवस मनाउन सुरु गरिएको हो । यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ ।

फ्रेब्रुअरी २५ का दिनलाई डिजिटल प्रविधिको प्रयोग गरी कक्षा कोठामा पठनपाठन गर्ने हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिनका रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button