डीपीएलको सबै खेल फाप्लामा, विजेतालाई ३० लाख

0
72

काठमाण्डौ २३ माघ । धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ । मैदान तथा ५ वटा पीच निर्माण सम्पन्न भइसकेको आयोजकले बताएको छ । डीपीएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । सबै टोलीमा १२÷१२ जना अक्सनबाट छानिएका छन् भने एक रणनीतिक र दुई जना विदेशी खेलाडी छन् । प्रतियोगिता सर्वाधिक धनराशीको हुनेछ । प्रतियोगिताको पुरस्कार राशी २० प्रतिशत बढाइएको आयोजकले जनाएको छ । विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन् । यस्तै मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ दिइने छ । प्रत्येक खेलमा म्यान अफ द म्याचलाई १५ हजार दिइनेछ । म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अघिल्लो संस्करणमा विजेतालाई २५ लाख दिइएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here