डेंगुलाई नियन्त्रण गर्न प्रचार प्रसारलाई तिव्रता दिनु पर्ने

0
75

विराटनगर, ३० जेठ । डेंगुलाई नियन्त्रण गर्न प्रचार प्रसारलाई तिव्रता दिनु पर्ने आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा आज विराटनगरमा भएको डेगु नियन्त्रण र रोकथाम सम्बन्धी सुझाव संकलन कार्यक्रममा बोल्दै प्रचारप्रसारलाई तिव्रता दिनु पर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै डाक्टर शंकर अधिकारी, कैलाश श्रेष्ठ, सूर्य पराजुली, लक्ष्मीनारायण यादव लगायतले प्रचारप्रसारलाई तिव्र बनाई आआफनो स्थानबाट डेंगुलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नु पर्ने बताएका थिए । छिमेकी जिल्ला सुनसरीको धरानमा डेंगु महामहारीको रुपमा फैलिए पछि अन्य जिल्लामा प्रकोपको रुपमा फैलन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले खोज र नष्ट गर अभियानलाई तिव्रता दिएको जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय मोरङका स्वास्थ्य अधिकृत उत्सव पोखरेलले डेंगु रोगको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु, ५, ७ दिनसम्म ज्वरो आउनु, टाउको असाध्यै दुख्नु, ढाड, जोर्नी र मांसपेशी दुख्ने जानकारी दिनुभयो । डेंगु रोगबाट बच्न गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । पानी टयाङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्ने कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई डेगुको फोकल पर्सन तोकी अन्य नगरपालिका तथा गाउपालिकामा पनि फोकल पर्सन तोक्दै प्रचारप्रसारलाई तिव्र बनाउन र डेंगु पहिचान र नष्ट गर्न निर्देशन दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले हाल मोरङमा १० जना डेंगु संक्रमित रहेकामा ६ जना उपचार पश्चात घर गएको ४ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here