डेरी उद्योगको गाडीले ठक्कर दिंदा नमाज पढेर फर्किएका युवाको मृत्यु

0
117

विराटनगर, २८ जेठ । डेरी उद्योगको गाडीले विराटनगर–रंगेली सडक खण्ड अन्तर्गत मोरङको धनपालथान गाउँपालिका–४ गदिया खोलाको पुलमा ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । स्थानीय युवा मस्जिदबाट नमाज पढेर फर्कदै गरेको बेला गाडीले ठक्कर दिंदा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मे १ च ४६०९ नम्बरको पिकअप भेनले ठक्कर दिंदा धनपालथान–४ का १७ वर्षीय मोहम्मद जवारको मृत्यु भएको हो । आज बिहान भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका जवारको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताउनु भयो । ठक्करबाट गम्भीर घाइते भएका १५ वर्षीय मोहम्मद अफ्सार अन्सारी र १८ वर्षीय मोहम्मद कैफको न्युरोमै उपचार भइरहेको छ । घटनाको विरोधमा स्थानीय बासिन्दाले भने विराटनगर–रंगेली सडक खण्ड एक घण्टासम्म अवरुद्ध पारेका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here