तरकारी तथा फलफूल थोक बजार आज उद्घाटन गरिदै

0
94

विराटनगर, ३ चैत । विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा निर्माण गरिएको तरकारी तथा फलफूल थोक बजारको आज शुभारम्भ गरिदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११ वजे बजारको उद्घाटन गर्ने कार्यक्रम छ । विराटनगरको गुद्री बजारलाई हटाउने गरी कटहरीमा क्षेत्रीय तरकारी बजारको अवधारणा आएको हो । कटहरी गाउँपालिकामा बजार निर्माण भए पनि सो बजार विराटनगर बजारसँगै जोडिएको छ । प्रदेश १ को राजधानी विराटनगरको मूल सडकमा लाग्दै आएको साप्ताहिक हटियालाई सो बजारमा व्यवस्थापन गर्ने महानगरपालिकाको योजना छ । व्यवसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ५ बिघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा बजार निर्माण गरेको हो । यो जग्गा विद्यालयसँग ५० वर्षको लागि भाडामा लिइएको हो । विश्व बैंकको आर्थिक सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले क्षेत्रीय थोक कृषि बजारको रुपमा यसलाई निर्माण गरेको हो । ठेकेदार कम्पनीले सन् २०१६ अगस्त २६ मा सम्झौता गरेर १३ महिनामा निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरेको थियो । कुल १७ हजार ८ सय ८१ वर्ग मिटर क्षेत्रफलमा निर्माण भएकोे बजार अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डमा बनाइएको छ । थोक बिक्रेताका लागि गोदाम सहितको १४ सय ८८ वर्गमिटरमा १७ वटा सटर, खुद्रा बिक्रेताका लागि ३ सय ५१ दशमलव २ वर्गमिटरमा सटर, कृषकले आफ्नो उत्पादन आफैँ बिक्री गर्न १ सय ३८ दशमलव ५ वर्ग मिटरको सेड निर्माण भएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here