Tune to BFM 91.2|Biratnagar

तराईमा आज होली मनाईदै

विराटनगर, २७ फागुन । रंगहरुको पर्व होली अर्थात फागु पर्व आज तराईमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ ।

पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो ।

तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लाादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ ।

कोरोना भाईरसका कारण यस वर्षको होली प्रभावित भएको छ । कोरोना भाइरसको त्रासका कारण विराटनगरमा पनि होलीको रौनक छैन । स्थानीय प्रशासनले होली खेल्दा सावधानी अपनाउन आग्रह गरेपछि होलीको पूर्व निर्धारित कार्यक्रमहरु रद्द भएका छन् ।

कोरोना भाइरसको त्रासले सर्वसाधरण सतर्क बनेपछि बजारमा किनमेल गर्नेको चाप घटेको छ । बजारका पसलमा होली खेल्दा लगाउने टिसर्ट बिक्रीका लागि राखिएको छ । तर बिक्री नभएको ब्यापारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button