Tune to BFM 91.2|Biratnagar

तराई भेगमा समेत ड्रागन फ्रुटको खेती गर्न सकिने

विराटनगर, २० असार । मोरङको तराईभेगमा समेत ड्रागन फ्रुटको खेती गर्न सकिने प्रमाणित भएको छ ।

मोरङको कटहरी–१ का किसानले लगाएका ड्रागन फ्रुटका बोटहरुमा लटरम्म फल लागेपछि मोरङमा समेत यस्को खेती गर्नसकिने प्रमाणित भएको हो ।

कटहरी १ का किसान देवराज चौधरीले घरकै करेसाबारीमा लगाएको ६० बोट ड्रागन फ्रुटका सवैबोटहरु यतिखेर फलेका छन । नमुना खेतीकोरुपमा लगाइएका बोटहरु आधा किलो तौलका फलहरु लागेका छन, जुन फल पाक्न समेत थालेको । कृषक चौधरीले २ बर्ष अगाडि लगाएका बोटहरु यतिखेर फल्न थालेको हो ।

रातीराती फुल्ने ड्रागन फलको फुल ४५ दिनभित्रमा फलको रुप लिन्छन । किसान चौधरीले बोटहरुमा मज्जाले फल लागेका कारण तराईक्षेत्रमा ड्रागन फ्रुटको खेती गर्न सकिने प्रमाणित भएको बताउनुभयो ।

ड्रागन मज्जाले फलेका कारण आफुले आफ्ना ७ वटा पोखरीको डिलमा समेत फल लगाउन शुरु गरिसकेको चौधरीले बताउनुभयो । ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button