तरुण दलले प्रदर्शन गर्ने

0
115

विराटनगर, ७ माघ । नेपाल तरुण दलले विराटनगरमा सरकारविरुद्ध भोली प्रदेश स्तरीय बृहत विरोध प्रदर्शन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आज विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश स्तरीय बृहत विरोध कार्यक्रम गर्न लागिएको जनाएको छ । तरुण दल मोरङका अध्यक्ष संजय थापा प्रभाकरले सरकार विरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको जानकारी दिनु भयो । उहाँले निर्मला हत्याकाण्डको दोषी पत्ता लगाउन र निष्पक्ष छानबिन गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, कानुनी राज्यको स्थापना गर्न, अशान्ति र असुरक्षा हटाउन, अनसनरत डा.गोविन्द केसीले उठाएका माग पुरा गराउन र सरकारको शैली अधिनायकवादी भएकोले त्यसलाई रोक्नका लागि आन्दोलनमा उत्रिनु परेको दाबी गर्नु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here