Tune to BFM 91.2|Biratnagar

तस्करीका कपडा बरामद

विराटनगर, २५ असोज । सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१८ जतुवाबाट आज बिहान तस्करीका कपडा बरामद गरेको छ ।

भारतदेखि भन्सार छली गरेर ल्याउँदै गरेको एक लाख एक हजार पाँच सय मूल्य बराबरका कपडा सशस्त्रले नियन्त्रणमा लिएको हो । तस्करीमा संलग्नहरु प्रहरीलाई देख्नसाथ कपडा छाडेर भागेको बताइएको छ ।

बीओपी (बोर्ड आउट पोस्ट) रानीको टोलीले ९४ हजार पाँच सय बराबरको दुई सय ७० पिस टप्स सेट र सात हजार बराबरको १४ वटा कुर्त सलवारसमेतका कपडा नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका तस्करीका कपडा सशस्त्रले कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button