तहका अधिकार खोसिंदैन : उपसभामुख

0
40

विराटनगर, २ फागुन । संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले स्थानीय तहले प्राप्त गरेका अधिकार नखोसिने बताउनु भएको छ । आज मोरङको मिक्लाजुङ गाउँपालिकाले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागीहरुले राखेको प्रश्नको जवाफ दिंदै उहाँले सो कुरा बताउनु भएको हो । सहभागीले प्रदेश र संघीय सरकारले स्थानीय सरकारका अधिकारहरु खोस्न लागेको हो भनेर प्रश्न गरेका थिए । उपसभामुख तुम्बाहाम्फेले स्थानीय सरकारका कुनै पनि अधिकार नखोसिने बताउँदै मुलुक मजवुत हुन स्थानीय सरकार मजवुत हुनु पर्नेमा जोड दिनु भयो । उहाँले मिक्लाजुङ क्षेत्रमा विगतदेखि रहेका शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि, जडिबुटी खेती लगायतका समस्याका विषयमा आफू गम्भीर रहेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here