ताप्लेजुङमा नौं थान भरुवा बन्दुक नियन्त्रणमा

0
57

विराटनगर,३० फागुन । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनामा एकै गाउँपालिकाबाट नौ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने इखाबु, खेजेनिम र लिङ्खीमबाट ९ थान भरुवा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । लुकाइछिपाई राखिएका हातहतियार संकलन तथा खोजतलास गरी नियन्त्रणमा लिने अभियान अन्तर्गत एक महिनाको अवधिमा उक्त हतियारहरु फेला पारी नियन्त्रणमा लिएको ताप्लेजुङ प्रहरी प्रमुख संजयसिंह थापाले बताए । उनले यस्ता हतियार नियन्त्रणमा लिने अभियान जारी रहेको जानकारी दिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here