तास खेल्ने सात जना पक्राउ
बिराटनगर २ मंसीर । मोरङको लेटाङबाट आज बिहान जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ ।लेटाङ ९ स्थित जाँतेमा सोएता मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा लेटाङ नगरपालिका वडा नं.–९ जाँतेका ४५ वर्षिय ददिराम पौडेल, २५ वर्षिय नर्मल मगर , ३१ वर्षिय रन्जित गजमेर , ५२ वर्षिय नरध्वज खड्का, ३२ वर्षिय चन्द्र बहादुर गौतम , २९ वर्षिय सिरि कुमार पुलामी मगर र तेह्थुम मेन्सायोङ गाउँपालिका वडा नं.३ बस्ने यम कुमार शेर्पा रहेका छन् ।
लेटाङ नगरपालिका वडा नं.९ जाँतमा मगरको घरमा जुवा खेली रहेको भन्ने सुचना पाएर पुगेको प्रहरीको टोलीले जुवा खेल्दै गरेका सात जना सहित नगद एक लाख अठासी हजार सात सय पैतालिस रुपैया , कौडा १ सेट , तास ६ बुक र मोवाईल १६ थान फेला पारेको जिल्ला प्रहरी कार्यलय मोरगले जानकारी दिएको छ ।