तिजको शुरु भयो रन्को

0
158

विराटनगर, २५ साउन । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर ब्युटिसियन मोरङले तिज विशेष कार्यक्रमको आयोजना गरेको छ । आज विराटनगरमा भएको तिज विशेष कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेलले तिज हिन्दु नारीहरुको महान पर्व भएकाले विशेष अवसरका रुपमा मनाउनुपर्ने बताउनुभयो । तिजलाई हक, अधिकार स्थापीत गर्ने पर्वका रुपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरेलले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन तिज पर्वलाई विशेष अवसरका रुपमा लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले पछिल्लो समयमा तिजमा मात्र नभएर हरेक चाडपर्वमा विकृति भित्रिएकाले नराम्रा पक्षलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा एकल महिलालाई साइकल र सिलाइ मेसीन पनि प्रदान गरिएको थियो । कार्यक्रममा उपसभामुख पोखरेल, प्रदेश सांसद विन्दिया कार्कीलगायतले तिजका गीतमा नृत्य गर्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here