Tune to BFM 91.2|Biratnagar

तिन स्थानमा आगलागी हुदा २५ लाख बराबरको क्षति

बिराटनगर ५ चैत । प्रदेश एकको तिन जिल्ला मोरङ , झापा र खोटाङ का तिन स्थानमा आगलागी हुदा २५ लाख बराबरको क्षति भएको छ ।

खोटाङको हलेसी हात्तिटार बस्ने लोकेन्द्र माझिको घरबाट शुरु भएको आगलागी उनका छिमेकी सिता माझि र झन बहादुर थापा समेतको घरमा फैलिएर तिनैजनाको घरमा आगलागी हुदा घर, सुनका गहरगना तथा अन्य सर–ससामान जलेर नष्ट हुदा १७ लाख ३५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यसै गरी हिजोनै मोरङको बुढीगंगा–१ पुष्पलाल चोक बस्ने भवनाथ धमलाको घरमा किराना पसल समेत रहेको एउटा कोठामा बिजुलीको लाईन सर्ट भई आगलागी हुदा पसलका सम्र्पुण सामानहरु जलेर नष्ट हुदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै उता झापाको कमल गाउँपालिका–५ बस्ने धन बहादुर बि.क.को घरबाट बिजुली सर्ट भई लागको आगोले छिमेकी सन्तोष बि.क. र सुजन बि.क. समेतको घरमा क्षती हुदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button