Tune to BFM 91.2|Biratnagar

तीनपैनीचोकमा कन्ट्याक्टलेस उपकरण जडान

विराटनगर, २४ साउन । विराटनगर महानगरपालिकाको तीनपैनीचोकमा कन्ट्याक्टलेस हात धुन मिल्ने उपकरण जडान गरिएको छ ।

लेडिज सर्कल नेपाल एवम विराटनगर लेडिज सर्कल–५ को सहयोग तथा सामुदायिक सेवा केन्द्र तीनपैनीको समन्वयमा सो ठाँउमा हातधुने उपकरण जडान गरिएको हो ।

२ सय लिटरको पानी ट्यांकी सहित जडान गरिएको उपकरणलाई खुट्टाले थिचेर हातधुने पानी प्रयोग गर्न मिल्छ ।

सडक प्रयोगकर्ता सर्वसाधारणलाई लक्षित गरेर उपकरण जडान गरिएको सामुदायिक सेवा केन्द्र तीपनपैनीकी अध्यक्ष मिना जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button