Tune to BFM 91.2|Biratnagar

तीन जना कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर, १८ जेठ । कोरोना भाइरस सङ्क्रमित तीन जनाको विराटनगरमा मृत्यु भएको छ । उपचारका क्रममा कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । कोसी कोभिडमा सुनसरीको इनरुवा नगरपालिका –५ का ४७ वर्षीया पुरुषको गय राति १० बजेतिर मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएका पुरुषलाई उपचारका लागि जेठ १३ गते अस्पताल भर्ना गरिएको थियो । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ७० वर्षीय वृद्ध पुरुषको पनि कोसीमै मृत्यु भएको छ । उनको राति १२ बजेतिर मृत्यु भएको राजवंशीले बताउनु भयो ।

उहाँका अनुसार वृद्धलाई उपचारका लागि जेठ ९ गते अस्पताल भर्ना गरिएको थियो । नोबेल अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–८ का ७७ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । उनको आज बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो । उहाँका अनुसार वृद्धलाई उपचारका लागि जेठ ७ गते अस्पताल भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button