Tune to BFM 91.2|Biratnagar

तीन तहका सरकारवीच रहेका अन्तरर्विरोध अन्त्य हुन्छ : डा.तुम्बाहाम्फे

विराटनगर १८ फागुन । कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले कानुन निर्माण गरेर तीन तहका सरकारवीच रहेका अन्तरर्विरोध अन्त्य गर्न लागिएको बताउनु भएको छ ।

आजदेखि विराटनगरमा सुरू भएको प्रदेश १ का स्थानीय तहका उपप्रमुखहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा तुम्बाहाम्फेले तीन तहका सरकारवीचको अन्तर्विरोध अन्त्य गर्न कानुनमै व्यवस्था गर्न लागिएको बताउनुभएको हो ।

तुम्बाहाम्फेले राम्रो काम गरेर देखाउन स्थानीय तहका उपप्रमुखहरूलाई आग्रह पनि गर्नुभयो ।अधिकांश महिलाहरू उपप्रमुख भएका कारण राम्रो काम गरेर इतिहासमा स्थापित हुन तुम्बाहाम्फेको आग्रह छ । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बजेट विनियोजन गरेर योजना तर्जुमा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

पोखरेलले निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा संसदहरूले आफू खुसी गोजीका योजनाहरू बांड्ने काम राम्रो नभएको धारणा राख्नुभयो ।कार्यक्रममा प्रदेश भरका १ सय ३७ वटै स्थानिय तहका उपप्रमुखहरूको सहभागिता छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुदुर पश्चिम प्रदेशबाट सुरू गरिएको प्रशिक्षण कार्यक्रम ६ वटा प्रदेशमा सम्पन्न भइसकेको छ । प्रशिक्षणमा योजना तर्र्जुमा, राजस्व अनुगमन र न्याय सम्पादनका विभिन्न पाटोका विषयमा प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button