तीन दिने नेपाल भ्रमण पूरा गरी चीनका विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

0
78

काठमाडौं, २४ भदौ । आइतवार काठमाण्डौँ आउनुभएका चीनका विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण सकेर मंगलवार स्वदेश फर्किनु भएको छ । वाङले मंगलवार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमण तथा दुई देशको आपसी सम्बन्धलाई सुढृढ गर्ने विषयमा छलफल भएको नेकपा अध्यक्ष दाहालले बताउनुभयो । त्यस्तै दाहालले वाङ यी संगको भेटमा आपसी साझेदारी तथा सहकार्य र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here