तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु

0
273

विराटनगर, १ जेठ । महिनावारी व्यवस्थापन तथा किशोरी अवस्थामा हुने यौनिकता सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम विराटनगरमा शुरु भएको छ । वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरको आयोजनामा भोली सकिने ३ दिने तालिममा कार्यक्षेत्र भित्रका ७ शिक्षिका सहित १८ जनाको सहभागिता छ । विराटनगर १९ बैजनाथपुर, कटहरी ५ र ६ ,बुढीगंगा ६ र ७ ग्रामथान १ र २ र सुन्दरहरैचा १ का गरि २० बिद्यालयमा महिनावारी व्यबस्थापन परियोजना सञ्चालित छ । परियोजना अन्तर्गत ३ बिद्यालयमा बालिका मैत्री शौचालय निर्माण तथा २ विद्यालयमा शौचालय स्तरोन्नतीका अतिरिक्त बालक्लब, आमा समूह, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावकलाई महिनावारी व्यवस्थापन तथा किशोरी अवस्थामा हुने यौनिकता सम्बन्धि चेतना तथा क्षमता बृद्धि गरिने कार्यक्रमको लक्ष्य रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here