तीन सय वढीको स्वास्थ्य परिक्षण

0
106

विराटनगर, ३० जेठ । मोरंगको लेटाङमा आज आयोजना गरिएको स्वास्थ्य शिविरमा तीन सय वढीको स्वास्थ्य परिक्षण गरिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटल बुढीगंगाको प्राविधिक सहयोगमा लेटाङ नगरपालिका वडा नं. २ ले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य शिविरमा स्त्री रोग, मेडिसिन, नाक कान घाँटी, हाड जोर्नी र बाल रोग संवन्धि सेवा विशेषज्ञ चिकित्सकहरुले दिएका थिए । वडा कार्यालयले स्वास्थ्य परिक्षण पछि निशुल्क औषधि पनि वितरण गरेको थियो । स्वास्थ्य शिविरमा रगत र पिसाव पनि परिक्षण गरिएको विराट मेडिकल कलेजले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here