थापालाई लाइफ टाईम मेम्बरसीप अवार्ड

0
467

विराटनगर, २ मंसिर । विराटनगर जुनियर जेसिजले २३ औ बार्षिकोत्सवको अवसरमा पुर्व अध्यक्ष अभिनास थापालाई लाइफ टाईम मेम्बरसीप अवार्डले सम्मानित गरेको छ । थापालाई विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देसदास श्रेष्ठ, नेपाल जेसिजका उपाध्यक्ष श्याम सुन्दर मिलन पौडेल, विराटनगर जेसिजका अध्यक्ष राजेन्द्र थपलिया, जुनियर जेसिज अध्यक्ष मिलाप कर्णले सम्मानित गर्नु भएको थियो । कार्यक्रममा पुर्व अध्यक्ष रमित श्रेष्ठलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष डा. श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने क्रममा विराटनगर जुनियर जेसिजले फरक पहिचान बनाउन सफल भएको बताउनुभयो । नेपाल जेसिजका उपाध्यक्ष श्याम सुन्दर मिलन पौडेलले विराटनगर जुनियर जेसिजप्रति सदैब साथ र सहयोग रहने बताउनु भयो । सम्मानित राष्ट्रिय जुनियर जेसिज संयोजक अभिनास थापाले नेपालभरी आफू चिनिनुमा विराटनगर जुनियर जेसिज नै रहेको बताउनुभयो । सो अवसरमा जुनियर जेसिज क्षेत्र क संयोजक बादल दाहाल, पुर्वअध्यक्ष सन्दीप दास श्रेष्ठ लगायतले शुभकामना दिनु भएको कार्यक्रम मुख्य संयोजक दिपा ओडारीले बताउनुभयो ।
……………………………

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here