थे्रसरमा आगलागी हुदा १५ लाखको क्षति
विराटनगर, ३ मंसिर । मोरङको उर्लाबारीमा धान थ्रेसर लगाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।
हिजो दिउँसो उर्लाबारी नगरपालिका वडा–३ चन्दने चोकका हरि गडतौलाको ट्रयाक्टर र थे्रसरमा आगलागी भएको हो । थ्रेसर लगाउने क्रममा अचानक आगलागी भएको प्रहरीले बताएको छ ।आगलागीबाट ट्रयाक्टर, थ्रेसर र पराल जलेर नस्ट भएको छ ।
धान थ्रेसर गर्ने क्रममा एक्कासी अगलागी भएको प्रहरीले बताएको छ । आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।