दर्शन गर्न बराहक्षेत्र गएकी कटहरीकी एक महिला बेपत्ता

0
791

विराटनगर, २० मंसिर । मोरङको कटहरी गाउँपालिकाकी एक महिला सप्तकोसी नदीमा बेपत्ता भएकी छन् । कटहरी गाउँपालिका वडा नम्बर ४ चम्डाइचोककी ३४ वर्षीया सविता भण्डारी कोइराला नदीमा नुहाउने क्रममा बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुसार बुधबार बिहानै बराहक्षेत्रमा दर्शन गर्न भनेर घरबाट निस्किएकी थिइन् । दर्शन गर्नुभन्दा अगाडि नदीमा नुहाउन गएकी उनी फर्केर नआएको आफन्तले बताएका छन । उनले लगाएका लुगा, चप्पल र पूजाका सामग्री नदीको किनारमा भेटिएको सविताका नन्दज्वाइँ नवराज काफ्लेले जानकारी दिनुभयो । युवा अभियानकर्मीसमेत रहेका काफ्लेका अनुसार प्रहरी, स्थानीय र आफन्तले खोज्दा पनि हालसम्म सवितालाई फेला नपरेको काफ्लेले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here