Tune to BFM 91.2|Biratnagar

दशैंको टीकाको दोस्रो दिन आजपनि जमरा र आशीर्वाद ग्रहण गरिंदै

विराटनगर ११ कार्तिक । दशैंको टीकाको दोस्रो दिन आजपनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरि मनाईँदैछ ।विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफूभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ । यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण चहलपहल र भेटघाट निक्कै घटेको छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button