दश वर्षभित्र नागरिक उड्डयन क्षेत्र आइकाओको मापदण्डमा ः मन्त्री भट्टराई

0
64

विराटनगर, १७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्ययन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठन (आइकाओ)को मापदण्डमा पुर्याइने बताउनु भएको छ । झापाको चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डमा र्पुयाउने तयारीका लागि अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जानकारी दिनुभयो । उहाँले चन्द्रगढी विमानस्थललाई अत्याधुनिक ढङ्गले विकास र विस्तार गर्ने गुरुयोजनाको समर्थन गर्दै यसका लागि जग्गा अधिग्रहण गर्दा कसैले पनि विवाद निकाल्न नहुने धारणा व्यक्त गर्नुभयो । सैद्धान्तिकरुपमा सबै जमीन राज्यको भएको बताउँदै उनले जग्गाधनीलाई उचित मुआब्जा र विकल्प दिएर जग्गा अधिग्रहण गरिने जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here